बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु

एक्सप्रेस पाना
श्रावण २१, २०८२ बुधबार
  • 173
    SHARES
  • प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु

    काठमाडौं । सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । 

    images

    भारततर्फ तस्करी गर्न राखेको मदिरा नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर राजगढ गाउँपालिका–२ कमलपुरका ३५ वर्षीय लालु यादवको मृत्यु भएको हो । 

    गोली लागेका यादवलाई उपचारका लागि राति साढे ११ बजे गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा पुर्‍याइएको थियो । उनको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए ।

    images

    उनका अनुसार तस्करको समूहले प्रहरी टोलीमाथि डुङ्गामुढा लगायतले आक्रमण गरेको थियो । ढुङ्गामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन् । 

    नेपाल भारत सीमा क्षेत्र नजिकको गाउमा भारत निकासी गर्न ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचनाको आधारमा प्रहरी टोली त्यहा पुगेको थियो ।

    यस  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।