बिहीबार , कार्तिक २० गते २०८३
images
images

पाँचथरमा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा गाईको उपचार

एक्सप्रेस पाना
श्रावण २३, २०८२ शुक्रबार
  • 169
    SHARES
  • पाँचथरमा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा गाईको उपचार

    काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा पशुको उपचार गरिएको छ । 

    images

    खुट्टा टेक्न नसक्ने अवस्थामा रहेको एक विरामी गाईलाई काउ लिफ्टिङ मेसिनको प्रयोगद्वारा उपचार गरिरहेको पशु सेवा प्राविधिक लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । 

    उनले पाँचथरमा पहिलो पटक उक्त मेसिनको प्रयोगद्वारा गाईको उपचार गरिएको पनि जानकारी दिएका हुन् । 
    उनका अनुसार एक महिनादेखि अशक्त अवस्थामा रहेको उक्त गाईलाई काउ लिफ्टको झोलामा राखेर उपचार भइरहेको छ  । खुट्टा टेक्न नसक्दासम्म यसरी नै झोलामा राखेर उपचार गरिने उनी बताउँछन् । 

    images

    उनले भने,‘काउ लिफ्टिङ झोलामा मेसिन पनि हुन्छ । यो गाई विरामी भएपछि काउ लिफ्टको झोलामा राखेर उपचार गरेको एक महिना भइसक्यो । पहिला धेरै कमजोरी भएका कारण राम्रोसँग खुट्टा टेक्न सक्दैनथ्यो । यसरी झोलामा राखेर उपचार गरेको यो पहिलो पटक हो । उठ्न नसकेको गाईभैंसी, घोडा जस्ता जनावरहरुलाई काउ लिफ्टको सहायताले झोलामा राखेर उपचार गरिराखेको छौं । जबसम्म यसले खुट्टा टेक्न सक्दैन् तबसम्म झोलामै राख्छौं ।’

    त्यस्तै उनले भुईमा हुँदा धेरै गुम्सने, घाऊहरु हुनसक्ने र पाक्ने भएकाले यसरी झोलामा राखेर उपचार गर्दा हावाको सर्कुलेसन राम्रो हुनकासाथै विभिन्न संक्रमणबाट समेत बचाउन सकिने धारणा राखे । 

    झोलामा झुण्डिएकै अवस्थामा पनि जनावरलाई कुनै किसिमको कठिनाई नभई यताउता सर्न, घाँस खान र बस्न सहज हुने उनले बताए । 

    ‘यसरी राख्दा झोला सारेर नै यता उता गर्नसक्ने, घाँस, खोले खाने पनि गर्दछ । यो गाईको दिनप्रति दिन स्वास्थ्य अवस्थापनि सुधार हुँदै गएको छ । बस्न चाह्यो भने झोलामा नै बस्न सक्छ’उनले भने । 

  • सम्बन्धित विषय:

  • # काउ लिफ्टिङ मेसिन