शुक्रबार, भाद्र २६ गते २०८३
images

रोनाल्डोको निर्णायक गोलमा युनाइटेडको रोमाञ्चक जित

एक्सप्रेस पाना
कार्तिक ४, २०७८ बिहीबार
  • 576
    SHARES
  • रोनाल्डोको निर्णायक गोलमा युनाइटेडको रोमाञ्चक जित

    एजेन्सी । सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेलको ८१औं मिनेटमा हेडिङ मार्फत सानदार गोल गर्दा युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता (युइएफए) च्याम्पियन्स लिगमा इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यान्चेस्टर युनाइटेडले पुनरागमन जित निकालेको छ ।

    images

    बिहिवार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले पाहुना टोली एटलान्टामाथि ३-२ गोलको रोमाञ्चक जित निकालेको हो ।

    घरेलुु टोली युनाइटेडको जितमा सुपरस्टार क्रिस्टियानो रोनाल्डो , राशफोर्ड र म्यागुइरेले समान १/१ गोल गरे । यता पाहुना टोली एटलान्टाको लागि मारियो पासालिक र मेरिह डेमिरालले समान १/१ गोल गरेको उक्त गोल सान्त्वना बन्यो ।

    images

    घरेलु मैदानमा पहिलो हाफमा २-० गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै खेलमा ३-२ गोलको रोमाञ्च जित निकालेको हो । सोही समूहको अर्को खेलमा स्पेनिस ला लिगा फुटबल क्लब भिल्ला रियलले योङ्ग ब्वाइजमाथि ४-१ गोलको सहज जित निकालेको छ ।

    उक्त जितसँगै लगातार दोस्रो जित निकालेको युनाइटेडले ३ खेलमा ६ अंक बनाउँदै समूह एफ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा पराजित भएको युनाइटेडले लगातार २ खेलमा रोमाञ्च जित निकालेको छ । यता पराजित एटलान्टाको भने समान खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । भिल्ला रियल समान खेलबाट समान अंकसहित तेस्रो स्थानमा रहेको छ ।