काठमाडौं । जनै पूर्णिमाको अवसर पारेर रामेछापको पाँचपोखरी र जटापोखरीमा तीर्थयात्री जाने आउने क्रम जारी छ। रामेछापका प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेका यी पोखरीमा साउनलागेदेखि नै यात्रुहरूको आगमन सुरु भएको हो, जुनक्रमभदौ महिनासम्म चल्ने गर्दछ।
जनै पूर्णिमाको दिन विशेष मेला लाग्ने भए पनि त्यसअघि र पछि निदर्शनार्थी तथा पर्यटकहरू पुग्ने गरेको गोकुलगंगागाउँपालिकाका पूर्वअध्यक्ष खड्ग सुनुवारले जानकारी दिए।उनकाअनुसार हरेकवर्ष असारदेखि भदौ सम्मयहाँ १० हजार भन्दा बढी पर्यटक पुग्ने गर्दछन् ।
४ हजार ६ सय ५ मिटरको उचाइमा रहेको पाँचपोखरी र ४ हजार २ सय ५० मिटरमा अवस्थित जटापोखरीमाअसोजपछिजाडो बढ्ने भएकाले मानिसहरू पुग्दैनन् ।यीदुवै पोखरी गोकुलगंगागाउँपालिका–१ चचुरेमापर्छन् ।
यहाँ पुग्न गोकुलगंगागाउँपालिकास्थित रस्नालु, शिवायल र गर्जाङ हुँदै तथा दोलखाको जिरी–मालीहुँदै शिवालयनिस्किएर जान सकिन्छ । साथै, रामेछापको उमाकुण्डगाउँपालिकाको गुम्देलबाट पनि यहाँ पुग्न सकिन्छ।

उच्च पहाडीक्षेत्रमा अवस्थित रमणीय प्रकृतिको आनन्द लिँदै यात्रुहरू पहिले जटापोखरी पुग्छन् ।त्यहाँबाट करिब ४५ मिनेटको पैदल यात्रा पछि पाँचपोखरी पुगिन्छ। बाटोमा उच्चपहाडी हावापानी, वनस्पति, जडीबुटी र झरनाले यात्रुहरूको मन लोभ्याउँछ।
रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, भक्तपुर, काठमाडौं र तराईका विभिन्न जिल्लाबाट मात्र नभई भारतको सिक्किमबाट समेत दर्शनार्थी यहाँआउने गरेकाछन् । हालफाट्टफुट्ट तेस्रो मुलुकका पर्यटक पनि देखिन थालेका छन् ।

सडक मार्ग छाडेर एक दिनको पैदल यात्रा पछि जटापोखरी पुगिन्छ, जहाँ बाटोमा पर्ने चौरीगोठहरूमा खानपान र बासको सुविधा उपलब्धहुन्छ।



