शनिबार, भाद्र २७ गते २०८३
images

बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख नगद पुरस्कार दिने

एक्सप्रेस पाना
श्रावण २८, २०८२ बुधबार
  • 253
    SHARES
  • बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख नगद पुरस्कार दिने

    काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई सरकारले प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ नगद पुरस्कारको घोषणा गरेको छ ।

    images

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै बान्टमवेट च्याम्पियन बनेका ढाँटलाई प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक सञ्जाल फेसबुकबाट ढाँटका प्रशिक्षकलाई दुई लाख रुपैयाँ प्रदान गरिने निर्णय समेत गरिएको जानकारी दिएका छन् । 

    images

    उनले पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल भएकोमा ढाँटलार्ई बधाई समेत दिएका छन् । 

  • सम्बन्धित विषय:

  • # रवीन्द्र ढाँट