शुक्रबार, भाद्र २६ गते २०८३
images

श्रीलंका आइसिसी टी-२० विश्वकपमा छनोट

एक्सप्रेस पाना
कार्तिक ४, २०७८ बिहीबार
  • 315
    SHARES
  • श्रीलंका आइसिसी टी-२० विश्वकपमा छनोट

    एजेन्सी । श्रीलंका आइसिसी टी-२०  विश्वकप २०२१ को सुपर १२ मा प्रवेश गरेको छ । बुधबार राति आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलंका पहिलो चरणको समूह 'ए'बाट शीर्ष दुईमा रहँदै सुपर १२ मा स्थान पक्का गराएको हो । योसँगै श्रीलंका सुपर-१२ मा पुग्ने  पहिलो टोली बनेको छ ।

    images

    जितका लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ३ बलमा  १ सय १ रनमा अल आउट भएपछि श्रीलंका छनोट भएको हो ।

    आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले सर्वाधिक ४१ रनको योगदान दिए । कर्टिस क्याम्फरले २४ रन बनाए । श्रीलंका स्पिनर महेश थक्शेनाले ४ ओभरमा  ३ विकेट लिए । चामिका करुणारत्ने र लाहिरु कुमाराले २–२ विकेट लिए ।

    images

    यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । श्रीलंकाका अलराउन्डर वानिन्दु हसरंगाले सर्वाधिक ७१ रनको योगदान दिए । ओपनर पाथुम निसंकाले ६१ रन जोडे  । आयरल्यान्डका तीब्र गतिका युवा बलर जोश लिटिलले ४ ओभरमा  ४ विकेट लिए ।

    पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समूह 'बी'मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । पहिलो चरणको समूह 'ए' र 'बी'बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह 'ए' मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह 'ए'को विजेता र समूह 'बी' को उपविजेता रहनेछन् ।

    समूह 'बी'मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह 'बी' को विजेता र समूह 'ए' को उपविजेता रहनेछन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।