बिहीबार , कार्तिक २० गते २०८३
images
images

म:म मा अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःम लाई दुई लाख जरिवाना

एक्सप्रेस पाना
श्रावण २९, २०८२ बिहीबार
  • 374
    SHARES
  • म:म मा अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःम लाई दुई लाख जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्यस्वच्छतामापदण्डउल्लङ्घन गरेको पाइएपछिदुई लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

    images

    महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्यपदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो ।

    काठमाडौं महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी मःमःले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताएकाछन् ।

    images

    ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम २ लाख जरिवाना तोकिएको हो,’न्यौपानेले भने ।
    महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम ७ दिन भित्र बैङ्कमार्फत जम्मा गरी सोको जानकारी सहित महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

    साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने गरी उत्पादन र बिक्री–वितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई  निर्देशन दिइएको छ ।

  • सम्बन्धित विषय:

  • # टपरी मःम