शुक्रबार, भाद्र २६ गते २०८३
images

च्याम्पियन्स लिग : चेल्सीको सानदार जित

एक्सप्रेस पाना
कार्तिक ४, २०७८ बिहीबार
  • 267
    SHARES
  • च्याम्पियन्स लिग : चेल्सीको सानदार जित

    एजेन्सी । युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा साविको विजेता चेल्सीले फराकिलो जित हात पारेको छ । बुधबार राति भएको खेलमा इंग्लिस प्रिमियर लिग फुटबल चेल्सीले घरेलु मैदानमा माल्मो एफ एफविरुद्ध  ४-० गोल अन्तरको सहज जित निकालेको हो । 

    images

    घरेलु टोली चेन्सीको जितमा जर्जिन्होले २ गोल गर्दा आन्ड्रेयश क्रिष्टेन्सेन र काई हाभार्टले १/१ गोल थपे । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप २ गोल गर्न सफ भयो । 

    त्यस्तै समूह एच कै अर्को खेलमा इटालियन सिरी ए फुटबल क्लब युभेन्टसले रसियन क्लब जेनिट सेट पिटर्सवर्गमाथि १-० को कठिन जित निकाल्यो । पाहुना टोली युभेन्टसको जितमा डेजान कुलुसेभ्सकीले खेलको ८६औं मिनेटमा निर्णायक गोल गरे । 

    images

    उक्त जितसँगै समूह एच मा ३ खेलमा शतप्रतिशत जितसहित युभेन्टस शीर्ष स्थानमा छ । ३ खेलबाट ६ अंक बनाएको चेल्सी दोस्रो तथा ३ अंक बनाएको जेनिट तेस्रो स्थानमा रहँदा माल्मो अन्तिम स्थानमा छ ।