बिहीबार , कार्तिक २० गते २०८३
images
images

बाढिका कारण कवाडी खोला जलविद्युत पुर्णरूपमा क्षती, १२ सय घरधुरी प्रभावित

एक्सप्रेस पाना
श्रावण ३१, २०८२ शनिबार
  • 255
    SHARES
  • बाढिका कारण कवाडी खोला जलविद्युत पुर्णरूपमा क्षती, १२ सय घरधुरी प्रभावित

    काठमाडौं । जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्यामा आएको बाढिले कवाडी खोला लघुजलविद्युत आयोजनामा पुर्णरुपमा क्षती भएको छ । बाढिका कारण लघुजलविद्युत आयोजनामा क्षती पुग्दा यहाँका करिब १२ सय बढि घरधुरी प्रभावित बनेका छन् ।

    images

    लगातारको वर्षापछि खोलामा पानीको सतह असामान्य रूपमा बढ्दा बस्ती नजिकका घर, खेती योग्य जमिन, पुल  बगाएको थियो। बाढिले विद्युत्त गृह, नहर र विद्युतिय उपकरणमा  क्षेति पुग्दा सेवा अवरुद्ध भएको हो ।

    बाढिका कारण आयोजनामा पुर्णरुपमा क्षती पुग्दा गाउँपालिकाको वडा नं ४, ५ र ६ वडाका स्थानीय विद्युत्त सेवाबाट बञ्चित भएको गाउँपालिका अध्यक्ष गोविन्द्र मल्लले बताएका छन् ।

    images

    उनले भने, ‘बाढिका कारण कवाडी लघुजलविद्युत आयोजनामा ठुलो क्षती पुगेको छ । जसका कारण गाउँपालिकाका करिब १२ घरधुरी विद्युत सेवाबाट प्रभावित बनेका छन् ।’

    बिच्छ्यामा ७ घर र कुवाडीमा ११ घर गरी १८ वटा घरमा पूर्ण रुपमा क्षती पुग्नुका साथै खेतीयोग्य जमिन समेत बगाएको अध्यक्ष मल्लले बताए ।
    बाढीले स्थानीयका घर, सरकारी तथा निजि भवन, विद्यालय वडा नं १ को वडा कार्यालय भवन, बिच्छ्या मावि, बिच्छ्या स्वास्थ्य चौकी, झोलङ्गे पुल उच्च जोखिम तथा संरचनामा ठुलो क्षती पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डिएसपी) ईकवाल हवारीले बताए  । 

    यता बाढिबाट प्रभावित पिडितहरुले तत्काल राहत तथा उद्दारको व्यवस्था गर्नुपर्ने माग गरेका छन ।  प्रभावित क्षेत्रमा गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की लगायतको टोलीले स्थलगत अनुगमन समेत गरेको छ । अवलोकन पश्चात् पीडितको राहात, उद्धारमा जुटिएको हिमाली गाउँपालिकाले जनाएको छ  ।

    यस्तै बाढीले स्थानीय आइ सिंह बोहराको पसल, बाख्रा खोर सहित ६० बाख्रा र भीमराज बोहराको बाख्रा खोर सहित १० बाख्रा बगाएर बेपत्ता भएका छन् । प्रशासन कार्यालय बाजुराले बाढीबाट प्रभावितलाई सुरक्षित रहन आग्रह गरेको छ । 

    बाढीबाट प्रभावित भएकाहरुलाई राहत र पुनःस्थापनाका कार्य क्षतिको पूर्ण विवरण आएपछि काम अघि बढाइने प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् ।
    उनले भने, ‘प्रहरीले बाढीबाट भएको क्षतीको विवरण संकलन गरी रहेको छ । शुक्रबारसम्म क्षतिको तथ्यांक आउँछ तत्पश्चात प्रक्रीया अघि बढाउने छौ ।’