एजेन्सी । जेरार्ड पिकेको निर्णायक गोलमा स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाले युरोपको सबैभन्दा ठुलो क्बल फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा कठीन जित निकालेको छ । बुधबार राति घरेलु मैदान क्याप नाउमा भएको खेलमा बार्सिलोनाले डिनामो किभलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफको खेलको ३६औं मिनेटमा पिकेले गोल गरेका थिए । जोर्डी अल्बाको क्रसमा पेनाल्टी बक्समा अनमार्क रहेका पिके गोल गर्न सफल भए ।च्याम्पियन्स लिगको समूह चरणमा सुरुवाती २ खेलमा लगातार हार बेहोरिसकेको बार्सिलोनाका लागि बुधबारको रात भने केहि सुखद रह्यो ।
उक्त जितसँगै बार्सिलोना समूह इ मा ३ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको बायर्नको ६ अंक र बेनफिकाको ४ अंक छ ।


