आइतबार, भाद्र २८ गते २०८३
images

टप इन्ड टी-२० सिरिजमा नेपालको लगातार तेस्रो हार

एक्सप्रेस पाना
भाद्र २, २०८२ सोमबार
  • 293
    SHARES
  • टप इन्ड टी-२० सिरिजमा नेपालको लगातार तेस्रो हार

    काठमाडौं । जारी टप इन्ड टी-२० सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । 

    images

    सोमबार बिहान भएको खेलमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले हार पराजित भएको हो । १७६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १४४ रन बनाएको हो । 

    नेपालका लागि आसिफ सेखले ५३ रन बनाए भने कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन बनाए ।  

    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मेलवर्न स्टार्सले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो।

    मेलवर्नका लागि ब्लाक म्याकडोनाल्डले ७४ र थोमस रोजर्सले ६५ रन बनाए।

    त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र शहाब आलमले एक एक विकेट लिएका थिए । यो सिरिजमा नेपालको लगातार तेस्रो हार हो । 

  • सम्बन्धित विषय:

  • # टी-२० सिरिज