शुक्रबार, भाद्र २६ गते २०८३
images

टि-२० विश्वकप : आज दुई खेल हुँदै

एक्सप्रेस पाना
कार्तिक ४, २०७८ बिहीबार
  • 284
    SHARES
  • टि-२० विश्वकप : आज दुई खेल हुँदै

    कात्तिक ४ काठमाडौ । टि-२० विश्वकपमा आज पाँचौं दिन २ महत्वपुर्ण खेल हुदै छन्। विश्वकपको पहिलो चरणका खेलसॅंगै विश्वकप आइतबारबाट सुरु भएको हो ।

    images

    आज हुने पहिलो खेलमा बंगलादेश र पपुवा न्यु गिनीबीच नेपाली समयअनुसार ३:४५ मा खेल हुनेछ । बंगलादेश यस खेल फराकिलो अन्तरले जित्दै ओमान भन्दा धेरै नेट रन रेटमा पुग्दै अर्को चरणको यात्रा गर्न चाहन्छ भने पपुवा न्यु गिनी भने सान्त्वना जितसॅंगै यस प्रतियोगिता समाप्त गर्न चाहन्छ।

    आज नै हुने दोस्रो खेल साझ ७:४५ मा आयोजक ओमान र स्कटल्याण्ड बिच हुनेछ। लगातार दोस्रो जितसॅंगै अर्को चरणको सम्भावना मजबुत बनाएको स्कटल्याण्ड आजको खेलमा आयोजक टोली ओमानलाई पराजित गर्दै सुपर १२ मा स्थान बनाउन चाहन्छ भने स्कटल्याण्डलाई फराकिलो अन्तरमा पराजित गर्दै सुपर १२ को सम्भावना बलियो पार्न चाहन्छ।

    images

    यि दुवै खेल समुह बि अन्तर्गतको रहेका छन्। भने यि दुवै खेल ओमानको अल अमरित मैदानमा हुनेछ। नोभेम्बर १४ सम्म हुने यस विश्वकपमा १६ टोली सहभागी रहेका छन्। आगामी शनिबारबाट सुपर १२ का खेलहरु सुरु हुने छन्।

    विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् ।यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

    सुपर १२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ विजेता र समूह ‘ए’ को उपविजेता यस समूहमा रहने छन् । यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका,वेस्ट इन्डिज रहेका छन् । पहिलो चरणको समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता यस समूहमा रहने छन् ।