बिहीबार , कार्तिक २० गते २०८३
images
images

महिला फोटो पत्रकारको अनुभव:महिनावारी र हिंसा हुँदा समेत फिल्डमा खटिनुपर्छ

एक्सप्रेस पाना
भाद्र ३, २०८२ मंगलबार
  • 365
    SHARES
  • महिला फोटो पत्रकारको अनुभव:महिनावारी र हिंसा हुँदा समेत फिल्डमा खटिनुपर्छ

    काठमाडौं । नेपालको कुल जनसंख्याको आधाभन्दा बढी जनसङख्या ओगटेका महिलाहरु राज्यको अन्य निकायमा जस्तै पत्रकारितामा पनि एकदमै न्यून संख्यामा सक्रिय छन् । त्यसमध्ये फोटो पत्रकारितामा औंला गणना गर्न सकिने छन् । नेपालमा महिला फोटो पत्रकारहरुको एकीन तथ्याङ भेटाउन पनि सकिदैन । 

    images

    नेपाल पत्रकार महासंघका अनुसार नेपालमा महिला फोटो पत्रकारहरूको विशिष्ट संख्या उपलब्ध छैन । अन्य पेशाभन्दा चुनौतीपूर्ण रहेको फोटो पत्रकारितामा महिलाले आफ्नो सीपलाई देखाउन अलि बढिनै मिहेनत गर्नुपर्ने महिला फोटो पत्रकारहरु बताउँछन् ।  

    गोरखापत्र दैनिकको पहिलो महिला फोटो पत्रकार कविता थापाले आफ्नो अनुभव सुनाउँदै उनले गोरखापत्रमा जागिर सुरु गरेदेखि नै फिल्डमा फोटो पत्रकारहरु भेट्न मुस्किल पर्ने गरेको सुनाउछिन् । 

    images

    फोटो पत्रकारलाई मिडिया हाउसले क्यामेरा उपलब्ध नगराउँदा आर्थिक चुनौतीका कारण पनि महिलाहरु पलायन भएको उनको बुझाइ छ । उनले गोरखापत्रमा १२ वर्ष करारमा काम गर्दा आफूले पाएको तलवबाट क्यामेरा खरिद गरेर काम गरेको बताइन् । 

    ‘गोरखापत्रमा १२ वर्ष करार काम गरें । क्यामेरा थिएन । मैले आफैले क्यामेरा किन्नुपर्यो । जति तलब पाउँथे त्यसबाटै फिल्डमा दौडिन्थें । क्यामेरा आफै जोहो पर्दथ्यो । गोरखापत्र मात्र नभइ अधिकांश मिडिया हाउसले क्यामेर नदिने रहेछन् । क्यामेरा मात्रै उपलब्ध गराउँदा पनि पत्रकारलाई आर्थिक चुनौती कम हुने रहेछ,’ उनले भनिन् । 

    फोटो पत्रकार थापा काम गर्दैगर्दा फिल्डमा सामान्य मानिने साना कुराले पनि अप्ठ्यारोमा परेको अनुभव सुनाउछिन् । महिनावारीको समयमा कार्यक्रम खिच्न जाँदा आयोजकले बस्ने सिटको व्यवस्था पनि नगर्ने गरेको गुनासो गरिन् । 

  • सम्बन्धित विषय:

  • # फोटो पत्रकार