काठमाडौं । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिजमा आज नेपालले अस्ट्रेलियाको बिग बास लिग टिम मेलवर्न रेनेगेड्ससँग खेल्दै छ ।
खेल नेपाली समय अनुसार विहान ११:१५ बजेदेखि शुरु हुदैछ । यो खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभी म्याक्सबाट हुनेछ ।
नेपालले सिरिजमा यस अघि खेलेका चार खेलमा एक जित र तीन खेलमा हार बेहोरेको छ ।


