काठमाडौं । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले पहिला बलिङ गर्दै छ ।
शुक्रबार जारी खेलमा पाकिस्तान शाहिन्सले टस जितेर ब्याटिंग गर्ने निर्णय गरे संगै नेपालले बलिङ गरेको हो । यो पाकिस्तानको ए टिम हो ।
नेपालले सिरिजमा यस अघि खेलेका ५ खेलमा २ जित र तीन खेलमा हार बेहोरेको छ ।
त्यस्तै पाकिस्तान ए टिमले भने अहिलेसम्म खेलेका ५ खेलमा ३ जित र २ हार बेहोरेर अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।


