शुक्रबार, भाद्र २६ गते २०८३
images

फाती २०२७ सम्म बार्सिलोनामै रहने

एक्सप्रेस पाना
कार्तिक ४, २०७८ बिहीबार
  • 271
    SHARES
  • फाती २०२७ सम्म बार्सिलोनामै रहने

    एजेन्सी । युवा फरवार्ड अन्सु फातीले स्पेनिस क्लब बार्सिलोनासँग ६ बर्षको सम्झौता नवीकरण गरेका छन् । बिहीबार १८ वर्षिय युवा खेलाडी फातीले बार्सिलोनासँग अझैं ६ वर्ष रहनेगरी सम्झौता नवीकरण गरेका हुन् । 

    images

    बुधबार राति युइएफए च्याम्पियन्स लिगमा ड्यनामो केइभलार्ई १-० गोल अन्तरले पराजित गरेपछि युवा खेलाडी फातीले १ बिलियन युरो ८४६ मिलियन पाउन्डमा सम्झौता गरेका हुन् । सम्झौता २०२७ सम्म हुनेछ ।

    बार्सिलोनाबाट लियोनल मेस्सी पेरिस सेन्ट जर्मन झरेपछि १० नम्बर जर्सी हाल फातीले लगाइरहेका छन् । यो सँगै फाती यस हप्ता बार्सिलोनासँग सम्झौता नवीकरण गर्ने दोस्रो खेलाडी बनेका छन् । फातीले बार्सिलोनाको पहिलो टिमबाट ४७ खेल खेल्दै १५ गोल गरेका छन् । 
     

    images