काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहिबार मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले उक्त निर्णय गरेको हो ।
फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजदेखि नै बन्द गरिने सरकारको निर्णय छ । बैठकमा मन्त्रालयका अधिकारी, टेलिकम प्रकाधिकरणका अधिकारीलगायतको उपस्थिती रहेको थियो ।
सरकारले नियमनमा आउनका लागि फेसबुकलगायतका सामाजिक सञ्जाललाई एक साताको समयसीमा गएराती सकिएको थियो ।

.jpg)


