काठमाडौं । महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् ।
बुधबार बिहान १० बजेदेखि १ बजेसम्म विभिन्न ठाउँमा तोडफोड, चोरी कार्यमा सलंग्न व्यक्तिहरुलाई धमाधम पक्राउ गरेको हो ।
डिल्लीबजार नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्चात छोडेर भागेको नेपाली २ लाख ३२हजार ५००र अमेरिकी डलर २५ सय बरामद गरेको सेनाले जनाएको छ ।
त्यसैगरी नेपाली सेनाका अनुसार सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नाल सहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको छ ।
साथै, डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीहरु मध्ये २६ जनालाई नियन्त्रणमा लिइएको तथा काठमाडौं डिल्ली बजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीवन्दीहरुलाई रोकिएको छ ।
.jpg)


