शुक्रबार, भाद्र २६ गते २०८३
images

भेट्रान्स फुटबलको तयारी पूरा, विजेतालाई पाँच लाख

एक्सप्रेस पाना
कार्तिक ४, २०७८ बिहीबार
  • 638
    SHARES
  • भेट्रान्स फुटबलको तयारी पूरा, विजेतालाई पाँच लाख

    कात्तिक ४ काठमाडौं । पहिलो संस्करणको मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक फुटबलर्स मिसन टुगेदरले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । 

    images

    प्रतियोगिता ६ देखि १६ कात्तिकसम्म आयोजना हुनेछ । प्रतियोगिताका खेल दशरथ रंगशाला र आर्मी मैदान लगनखेलमा हुनेछ ।  प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मी भेट्रान्स क्लब र फुटबल फेलोसिप क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ११ बजे सुरु हुनेछ ।

    लिगकप नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन् । २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउने छन् । 

    images

    एउटा टिममा २० खेलाडी हुनेछन् । जसमा ३५ देखl ४० वर्ष उमेरसम्मका तीन खेलाडी हुनेछन् । बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ। खेलको समय अवधि ६० मिनेट (एक हाफ ३० मिनेटको हुनेछ ।) खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ । 

    प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रतियोगिता आयोजना गर्न एन्फा, ललितपुर महानगरपालिका, नागार्जुन नगरपालिका, भक्तपुर थिमी नगरपालिका र गोदावरी नगरपालिकाले सहयोग गरेका छन् । प्रतियोगिताको अनुमानित बजेट २२ लाख रुपैयाँ रहेको छ ।