शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाल र इन्डोनेसियाबीचको मैत्रीपूर्ण खेल आज

एक्सप्रेस पाना
कार्तिक ५, २०७८ शुक्रबार
  • 858
    SHARES
  • नेपाल र इन्डोनेसियाबीचको मैत्रीपूर्ण खेल आज

    कात्तिक ५ काठमाडौं । नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली (आज) शुक्रबार इन्डोनेसियाको यू-२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

    images

    नेपाली समयअनुसार साँझ ५ः४५ बजेबाट सुरु हुने उक्त खेल ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा हुनेछ । 

    नेपालले एएफसी यू-२३ एसियन कप छनोटको तयारीस्वरूप इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले २५ अक्टोबरमा इरानसँग खेल्दै छनोट खेल थाल्नेछ ।

    images

    एएफसी छनोटको समूह ‘बी’मा रहेको नेपालले बलिया इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ । नेपालले समूह ‘बी’मा एसियाको शीर्षस्थानमा रहेको इरानसँग ८ कात्तिकमा खेल्नेछ । इराक फिफा वरीयतामा २२औं स्थानमा छ । 

    यता, दोस्रो प्रतिद्वन्द्वी हो आयोजक ताजकिस्तान । फिफा वरीयतामा ११८औं स्थानमा रहेको ताजकिस्तानसँग नेपालले ११ गते खेल्नेछ । यस्तै, तेस्रो प्रतिद्वन्द्वी लेवनान ९७औं स्थानमा छ । लेवनानसँग नेपालले १४ गते खेल्नेछ । नेपाल भने १६८औं स्थानमा छ ।

    यता, समूह 'जी'मा रहेको इन्डानेसियाले एसियाली पावर हाउस अस्ट्रेलिया, चीन र ब्रुनाईसँग प्रतिस्पर्धा गर्नेछ । 

    नेपाली २३ टोली अर्पण कार्की (कप्तान), विशाल सुनार, अभिषेक बराल, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू, नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट, ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चन