काठमाडौं । अन्तर्राष्ट्रिय टी-२० सिरिजमा नेपालले वेस्ट इन्डिजलाई १४९ रनको लक्ष्य दिएको छ ।
शनिबार दुवइस्थित सारजहा क्रिकेट मैदानमा जारी खेलमा नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ३८ रन बनाए भने कुशल मल्लले ३० रन बनाए । त्यसैगरी गुलशन झाले २२ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १७ रन जोडे ।


