आइतबार, भाद्र २८ गते २०८३
images

वेस्ट इन्डिजलाई हराउँदै नेपालको ऐतिहासिक जित

एक्सप्रेस पाना
आश्विन १२, २०८२ आइतबार
  • 241
    SHARES
  • वेस्ट इन्डिजलाई हराउँदै नेपालको ऐतिहासिक जित

    काठमाडौं । अन्तर्राष्ट्रिय टी-२० सिरिजमा वेस्ट इन्डिजलाई हराउँदै नेपालले ऐतिहासिक जित हासिल गरेको छ ।

    images

    शनिबार युएईको शारजहा क्रिकेट मैदानमा भएको सिरिजको पहिलो खेलमा नेपालले युएईलाई १९ रनले परजित गरेको हो ।

    १४९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाउदै १२९ रन मात्र बनाएको हो ।

    images

    त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । 

    नेपालका लागि कप्तान रोहित पौडेलले ३८ रन बनाए भने कुशल मल्लले ३० रन बनाए । त्यसैगरी गुलशन झाले २२ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १७ रन जोडे । 

    नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट खेल्ने देशलाई पराजित गरेको यो पहिलो पटक हो । 

    सिरिजको दोस्रो खेल सोमबार हुनेछ ।

  • सम्बन्धित विषय:

  • # टी-२० सिरिज