शुक्रबार, भाद्र २६ गते २०८३
images

उपमेयर कप : भक्तपुरमाथि बाँसगढीको १२ गोल

एक्सप्रेस पाना
कार्तिक ५, २०७८ शुक्रबार
  • 488
    SHARES
  • उपमेयर कप : भक्तपुरमाथि बाँसगढीको १२ गोल

    कात्तिक ५ काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा सुखद्  सुरुवात गरेको छ । 

    images

    सातदोबाटोस्थित एन्फा मैदानमा शुक्रबार बिहान भएको खेलमा बाँसगढीले भक्तपुर नगरपालिकामाथि १२-० गोल अन्तरको फराकिलो जित निकालेको हो ।बाँसगढीको जितमा स्ट्राइकर अमिषा कार्कीले ७ गोल गरिन् । त्यस्तै मनिका घर्ती मगरले २ तथा रेनुका हमाल, दुर्गाकुमारी चौधरी र तुलसी योगीले समान १–१ गोल गरिन् । 

    नेपाल यू-१९ टोलीको सदस्यसमेत रहेकी अमिषाले खेलको २४, २५, २८, ५१, ५७, ८० र ९३औं मिनेटमा गोल गरिन् । मनिकाले खेलको ३ र १७ मिनेटमा गोल गर्दा  रेनुकाले ५४, दुर्गाले ८७ र तुलसीले ९० मिनेटमा गोल गरिन् । बाँसगढीकी अमिषा खेलको प्लेअर अफ दी म्याच घोषित भइन् । उनले नगद पाँच हजार रुपैयाँसहित ट्रफी पाइन् । 

    images

    अलिहे समूह ‘डी’ को जानकी नगरपालिका र शिवशक्ति नगरपालिकाबीचको खेल जारी छ । उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख पाउनेछ । फेयर प्ले टिमले नगद ५० हजार रुपैयाँ पाउनेछ ।