काठमाडौं । समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर जापानविरुद्ध पहिले बलिङ गर्दै छ ।
आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
एक खेल अगाडि नै दुवै देश ‘सुपर सिक्स’मा प्रवेश गरिसकेकाले यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।


