कात्तिक ५ काठमाडौं । टि-२० विश्वकपमा आज (शुक्रबार) पनि २ खेल हुँदै छन्। विश्वकपको पहिलो चरणका खेलसॅंगै विश्वकप आइतवारबाट सुरु भएको हो ।
आज हुने पहिलो खेलमा नामिबिया र आयरल्याण्डबीच नेपाली समयअनुसार ३:४५ मा खेल हुनेछ । यस खेलबाट नै समुह बि बाट सुपर १२ मा पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ । आयरल्याण्ड र नामिबिया समान १ खेलमा बिजयी तथा १ खेलमा नै पराजित भएका छन्।
दोस्रो खेल साझ ७:४५ मा श्रीलंका र नेदरल्याण्डस्चबी हुनेछ। अर्को चरणमा पुगि सकेको श्रीलंका समुह बिजेता बन्दै सुपर १२ मा पुग्न चाहन्छ भने प्रतियोगिताबाट बाहिरिसकेको नेदरल्याण्डस् सान्त्वना जितको खोजीमा रहेको छ।
यी दुवै खेल समुह ए अन्तर्गतको रहेका छन् । भने यि दुवै खेल सारजाह शहरको सारजाह मैदानमा हुनेछ। नोभेम्बर १४ सम्म हुने यस विश्वकपमा १६ टोली सहभागी रहेका छन् । आगामी शनिबारबाट सुपर १२ का खेलहरु सुरु हुने छन्। विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।
सुपर १२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ विजेता र समूह ‘ए’ को उपविजेता यस समूहमा रहने छन् ।
यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका,वेस्ट इन्डिज रहेका छन् । पहिलो चरणको समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता यस समूहमा रहने छन् ।


