काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समाको खेलमा यूएईलाई हराउँदै नेपाल विजयी भएको छ ।
आइतबार भएको खेलमा यूएईलाई १ रनले हराउँदै नेपाल विजयी भएको हो । १४१ रनको लक्ष्य पछाएको यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।
त्यस अघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।
नेपालका लागि आसिफ सेखले ५१ रन बनाए भने कुशल भुर्तेलले २८ रन बनाए । त्यसैगरी कप्तान रोहित पौडेलले २०, गुलशन झाले १४ रन र कुशल मल्लले १० रन बनाए ।
यो जीतसँगै नेपाल ४ अंकसहित सुपर सिक्समा छ । नेपालले अब अर्को खेल सोमबार कतारसंग खेल्ने छ ।


