काठमाडौं । सुपर सिक्सको आजको खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा कतारले टस जितेर बलिङ गर्ने निणर्य गरेसंगै नेपालले ब्याटिङ गर्ने भएको हो ।
ओमानमा जारी खेलमा अंकबिहीन रहेको कतारविरुद्ध जित निकाल्दै विश्वकप यात्रा तय गर्ने लक्ष्य नेपालको छ ।


