शुक्रबार, भाद्र २६ गते २०८३
images

एस्टन भिल्लामाथि आर्सनलको सहज जित

एक्सप्रेस पाना
कार्तिक ६, २०७८ शनिबार
  • 269
    SHARES
  • एस्टन भिल्लामाथि आर्सनलको सहज जित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सनलले एस्टन भिल्लामाथी सहज जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा आर्सनलले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    images

    आर्सनलको सहज जितमा थोमस पार्टी, पिएरे इमरिक औवामियाङ र इमिल स्मिथ रोवीले गोल गरे । एस्टन भिल्लाका ज्याकोव राम्सेले १ गोल फर्काए ।

    उक्त जितसँगै आर्सनलले ९ खेलबाट १४ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ । यता पराजित भिल्ला १० अंक जोडेर १३औँ स्थानमा छ ।

    images