काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरजमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ ।
अमेरिकाविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुदै २७१ रन बनाएको हो ।
नेपालको लागि कुशल भुर्तेलले ४७ रन बनाए भने कप्तान रोहित पौडेलले ३६ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रन बनाए । त्यसैगरी भीम सार्कीले ४३ रन बनाउँदा करण केसीले महत्वपूर्ण ४९ रन जोडे ।
.jpg)


