मंगलबार, श्रावण १२ गते २०८३
images
images

काठमाडौंमा देखियो दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान

एक्सप्रेस पाना
कार्तिक १७, २०८२ सोमबार
  • 240
    SHARES
  • काठमाडौंमा देखियो दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान

    काठमाडौं । राजधानीको थापाथली क्षेत्रस्थित बागमती नदीको पुल नजिक दुर्लभ प्रजातिको चराको बथान देखिएको छ ।

    images

    नेपाल पन्छी संरक्षक सुदर्शन कार्कीका अनुसार बागमतीमा हालसालै पानीको मात्रा बढेर सफा देखिएको कारण शनिबार साँझ करिब ४ बजे सो बथान त्यहाँ देखा परेको हो ।

    कार्कीका अनुसार ती चराहरू कालो टाउके दंगा चिल हुन्, जुन सामान्यतया काठमाडौं उपत्यकामा पाइँदैनन् । 

    images

    ‘यी चरा समुद्र र ठूलो पानी भएको क्षेत्रका हुन् । सम्भवतः चीनतिरबाट बसाइँसराई गर्दै न्यानो स्थान खोज्दै आएका हुन्,’ उनले भने ।

    शनिबार बागमती किनारमा करिब ४० वटा दंगा चिल देखिए पनि आज बिहानसम्म संख्या घटेर ११ वटा मात्र बाँकी रहेको कार्कीले जानकारी दिए । मौसम अनुकूल भएसँगै ती चिलहरू अन्य स्थानतर्फ उड्ने अपेक्षा गरिएको छ ।

    कार्कीले भने, ‘यी चराहरू यहाँ लामो समय बस्दैनन् । काठमाडौं पहिलेको जस्तो सफा छैन, प्रदूषण र फोहरका कारण यिनीहरू रमाउँदैनन् । प्रायः एक–दुई दिनमै उडेर जान्छन् ।’

  • सम्बन्धित विषय:

  • # कालो टाउके दंगा चिल