शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा (तस्विरहरुसहित)

एक्सप्रेस पाना
कार्तिक २१, २०८२ शुक्रबार
  • 341
    SHARES
  • साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा (तस्विरहरुसहित)

    काठमाडौं । साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको खटलाई मन्दिर परिक्रमा गराइएको छ । 

    images

    बुधबार साँझ पशुपतिनाथ अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले देवता सहित सजाइएको रथमा सिन्दुर चढाएर रथयात्राको शुभारम्भ गरेका हुन् । 

    श्री चन्द्रविनायक तथा श्री भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराई मन्दिर परिसरमा लगेर बिसाइएको छ । मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् शुक्रबार दुवै रथलाई पशुपतिमा लगेर पिताको दर्शन गराई जयवागेश्वरी हुदैँ मित्रपार्क चुच्चेपाटीसम्मका मूल चोकहरूमा घुमाउने गरिएको छ । 

    images

    यो जात्रा चार दिनसम्म मनाइन्छ । जात्राको अन्त्य द्वारेले सिन्दुर चढाए पछि हुने गरेको छ । 

  • सम्बन्धित विषय:

  • # भैरवनाथ जात्रा