शुक्रबार, भाद्र २६ गते २०८३
images

माउन्टले ह्याट्रिकमा सिटीको पोस्टमा चेल्सीको ७ गोल

एक्सप्रेस पाना
कार्तिक ६, २०७८ शनिबार
  • 859
    SHARES
  • माउन्टले ह्याट्रिकमा सिटीको पोस्टमा चेल्सीको ७ गोल

    कात्तिक ६ काठमाडौं । मासन माउन्टले ह्याट्रिक पूरा गरेको खेलमा चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई फराकिलो गोल अन्तरमा पराजित गरेको छ ।   शनिबार भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ७–० गोल अन्तरले पराजित गरेको हो ।

    images

    चेल्सीको जितमा मासन माउन्टले ह्याट्रिक पूरा गरे । यस्तै कलुम हुड्सन, रिस जेम्स र बेन चिलवेलले एक/एक गोल गरे । नर्विचका म्याक्स आरोन्सले एक आत्मघाती गोल गरे ।

    उक्त जितसँगै चेल्सी ९ खेलमा २२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नर्विच २ अंक जोडेर पुछारमा रहेको छ ।

    images