मंगलबार, श्रावण १२ गते २०८३
images
images

वर्षमा तीन पटक रङ्ग बदल्ने मनमोहक कुपिन्डे दह (तस्बिरहरुमा)

एक्सप्रेस पाना
कार्तिक २३, २०८२ आइतबार
  • 165
    SHARES
  • वर्षमा तीन पटक रङ्ग बदल्ने मनमोहक कुपिन्डे दह (तस्बिरहरुमा)

    काठमाडौं । सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा अवस्थित कुपिन्डे दह प्राकृतिक सुन्दरता अनुपम कडी हो । दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्ने गरेको छ । 

    images

    सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा अवस्थित कुपिन्डे दह प्राकृतिक सुन्दरताको अनुपम कडी हो । हरियालीले घेरेको पहाडको बीचमा शान्त र स्वच्छ पानी फैलिएको यो दह सतहमै बादल र जंगलको प्रतिबिम्ब कोर्ने ऐनाजस्तै देखिन्छ। बीच भागमा देखिने शिवलिङ्ग जस्तै उठेको भू–आकृतिले यसलाई धार्मिक आस्था र पौराणिक प्रतीकसँग पनि जोडेको छ।

    Photos (22).JPGबनगाड कुपिन्डे नगरपालिकाको सेजुवाल टाकुरा, मार्के, माझकाँडा, धाजी पीपल र कजेरीगाउँको  बीचमा रहेको कुपिण्डे दह प्राकृतिक रूपले सुन्दर मानिन्छ । कुपिण्डे दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ ।

    images

    हरियाली रुख विरुवा, सुन्दरबस्ती सल्यानी संस्कृतिको जनजीवनले जो कोहीलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महसुस हुन्छ । दहको किनारमा बराहको मन्दिर छ । सल्यानको मात्र नभएर बराह मन्दिरमा पूजा गर्न रुकुम, सुर्खेत र जाजरकोटका मानिस पनि पुग्ने गर्छन् ।

  • सम्बन्धित विषय:

  • # कुपिन्डे दह