बिहीबार , कार्तिक २० गते २०८३
images
images

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह

एक्सप्रेस पाना
कार्तिक २४, २०८२ सोमबार
  • 450
    SHARES
  • मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई आवश्यक पहल गर्न आग्रह गरेका छन् ।

    images

    मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि सहयोग र पहल गर्न आग्रह गर्दै विगतमा भएका सम्झौताअनुसार आयोजना प्रभावितले राखेका माग वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।

    उनले काठमाडौं उपत्यकामा पानी आपूर्ति रोकिएपछि स्थिति गम्भीर बनेको बताउँदै छिटो समस्याको समाधान गर्न पहल भइरहेको जानकारी दिए ।

    images

    अध्यक्ष शेर्पाले पनि सरकारले विगतका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनका अनुसार, आयोजनाले लिएको जग्गा तथा घरभाडा, विगतको निर्माण व्यवसायी सीएमसीका सामान आपूर्तिकर्तालाई भुक्तानी, मेलम्ची बजारदेखि मेलम्ची घ्याङसम्मको सडक निर्माण र सुन्दरीजलमा प्राप्त हुने पानीको बिक्री रकमको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गरिनु आवश्यक छ ।

    यसअघि २१ असोज २०८१ मा मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र गाउँपालिकामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूबीच सहमति भइसकेको थियो ।

    प्रधानमन्त्री शुशीला कार्कीले पनि मेलम्ची खानेपानीमा देखिएको समस्या समाधानका लागि निर्देशन दिएकी छन् र हाल प्रधानमन्त्रीकै नेतृत्वमा पानी मन्त्रालयको जिम्मेवारी सञ्चालन भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # मेलम्ची खानेपानी
  • # हेलम्बु गाउँपालिका