शुक्रबार, भाद्र २६ गते २०८३
images

इंग्ल्याण्डले पहिलोपटक वेस्ट इन्डिजलाई हरायो

एक्सप्रेस पाना
कार्तिक ७, २०७८ आइतबार
  • 340
    SHARES
  • इंग्ल्याण्डले पहिलोपटक वेस्ट इन्डिजलाई हरायो

    कात्तिक ७ काठमाडौं । इंग्ल्यान्डले आईसीसी टि-२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुवा गरेको हो ।

    images

    वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहँदै २४ रन बनाए ।  वेस्ट इन्डिजका अकिल होसेनले २ तथा रभी रामपालले १ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १४ ओभर २ बलमा अलआउट हुँदै ५५ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि क्रिस गेलले सर्वाधिक १३ रन जोडे । वेस्ट इन्डिजलाई सस्तैमा समेट्न इंग्ल्यान्डका आदील राशिदले ४ विकेट लिए ।

    images

    उक्त जितसँगै इंग्ल्यान्डले पहिलो पटक टि-२० विश्वकपमा वेस्ट इन्डिजलाई हराउन सफल भएको छ । जितपछि सुपर १२ को समूह १ मा रहेको इंग्ल्यान्डले २ अंक जोडेको छ । वेस्ट इन्डिजले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।