शुक्रबार, भाद्र २६ गते २०८३
images

विश्वकप क्रिकेट : अस्ट्रेलियाको विजयी सुरुवात

एक्सप्रेस पाना
कार्तिक ७, २०७८ आइतबार
  • 546
    SHARES
  • विश्वकप क्रिकेट : अस्ट्रेलियाको विजयी सुरुवात

    कात्तिक ६ काठमाडौं । आइसिसी टि-२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । शनिबार भएको सुपर-१२ को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

    images

    दक्षिण अफ्रिकाले दिएको एक ११९ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

    अस्ट्रेलियाको जितमा स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाए । यस्तै मार्कुस स्टोइनिसले २४ रन जोड्दा ग्लेन म्याक्सवेलले १८ र म्याथु वेडले १५ रनको योगदान गरे । दक्षिण अफ्रिकाका एनरिक नर्टजीले २ विकेट लिँदा कागिसो रवाडा, केसव महाराज र तवरेज साम्सीले समान १/१  विकेट लिए ।

    images

    यसअघि अबुधाबीमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनायो । दक्षिण अफ्रिकाका आइदेन मार्करामले सर्वाधिक ४० रन जोडे । त्यस्तै कगिसो रवाडाले १९ र डेभिड मिलरले १६ रन बनाए । 

    यता अस्ट्रेलियाका मिचेल स्टार्क, जोस हेजलउड र एडम जाम्पाले समान २/२ विकेट हात पारे ।