एजेन्सी । जर्मन बुण्डेसलिगा फुटबलमा साविकको बार्यन म्युनिखले को सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली बार्यनले होफेनहेमलाई ४-० गोलले पराजित गरको हो ।
बायर्नको जितमा रोबर्टो लेवाण्डोस्कीसँगै सेर्जी जिनाब्री, इरिक म्याक्सिम र किङस्ले कोम्यानले समान १/१ गोल गरे ।
त्यस्तै शनिबार नै भएको खेलमा बोरुसिया डर्टमण्डले नवप्रवेशी अर्मेनिया बेलेफिल्डमाथि ३-१ को जित निकालेको छ । यस्तै अन्य खेलमा आरबी लाइपजिगले ग्रुथर फोर्थमाथि ४-१ र फ्रेइबर्गले उल्फसबर्गलाई २-० ले पराजित गर्यो ।


