शुक्रबार, भाद्र २६ गते २०८३
images

रोनाल्डो, मेस्सी र रामोस बिनाको ‘एल क्लासिको’ कस्तो होला ?

एक्सप्रेस पाना
कार्तिक ७, २०७८ आइतबार
  • 386
    SHARES
  • रोनाल्डो, मेस्सी र रामोस बिनाको ‘एल क्लासिको’ कस्तो होला ?

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज सिजनको पहिलो ‘एल क्लासिको’ बार्सिलोनाविरुद्ध रियल म्यड्रिडको खेल हुँदैछ । दुई ठुला शहरी प्रतिद्धन्द्धी क्लब रियल बार्सिलोनाबीचको खेललाई एल क्लासीको नामले परिचत रहेको छ । 

    images

    बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने २४७ औं ‘एल क्लासिको’ नेपाली समय अनुसार आज राति ८ बजे सुरु हुनेछ । 

    जारी सिजनको ला लिगामा दुबै टोलीको यो नवौँ खेल हुनेछ । पाँच जित २ बराबर र १ खेलमा हार ब्यहोरेको रियल १७ अंकसहित तेस्रो स्थानमा छ । रियल घरेलु टोली बार्सिलोनालाई हराएर शीर्ष स्थानमा उक्नले दाउमा छ । 

    images

    Viewers enjoyed Sergio Ramos' reaction to the latest Ronaldo-Messi  handshake | JOE.co.uk

    यता, बार्सिलोना ४ जित, ३ बराबर र १ हारसहित १५ अंक बनाएर तालिकाको आठौं स्थानमा छ । बार्सिलोना घरेलु मैदानमा पाहुना टोली रियललाई हराएर तेस्रो स्थानमा उक्लने दाउमा हुनेछ । 

    यस ‘एल क्लासिको’लाई स्टार खेलाडी लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो बिनाको युवा खेलाडी भिडन्तको रूपमा हेरिएको छ । पछिल्लो समय मेस्सी बार्सिलोना छाड्दै फ्रेन्च लिग खेल्न पेरिस सेन्ड जर्मन पिएसजी तथा रोनाल्डो इटाली सिरी ए क्लब युभेन्ट्स हुँदै इंग्लिस क्लब म्यानचेष्टर युनाईडेट पुगेका छन् । 

    सिजनको पहिलो एल क्लासिकोलाई मेस्सी र रियल मड्रिडका पूर्व कप्तान सर्जियो रामोस बिनाको भिडन्तको रूपमा समेत हेरिएको छ । दुबै खेलाडी सर्वाधिक एल क्लासिको खेल्ने खेलाडी हुन् । 

    पछिल्ला दुई खेलमा जित निकालेको बार्सिलोना रियल मड्रिडविरुद्ध उच्च मनोबलका साथ मैदान निस्कनेछ । पछिल्लो खेलमा बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियालाई ३-१ तथा च्याम्पियन्स लिगमा ड्यनामो केईभलाई १-० गोल अन्तरले पराजित गरेको थियो । 

    If you ask me, Messi or Ronaldo, I'd say Ramos' – Bailly lauds Real Madrid  defender amid Man Utd links | Goal.com

    यता, रियलले भने पछिल्लो खेलमा शख्तर डोनेट्सलाई ५-० गोल अन्तरले हराएको थियो । यसअघि रियल ला लिगामा इस्पान्योलसँग २-१ गोल अन्तरले पराजित भएको थियो । 

    सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाका सर्जियो अग्वुइरो र अन्सु फातीको चोटबाट फर्कनेछन् । यस्तै अट्याकर मेम्फिस डिपाए र पेड्रीको लयले बार्सिलोनालाई साथ दिनेछ । 

    यता, रियललाई कप्तान करिम बेन्जेमाको लयले अग्रपंक्तिमा राम्रो साथ दिनेछ । यस्तै भिनिसियस जुनियर, लुका मोड्रिक लगायतका खेलाडीले बार्सिलोनाको डिफेन्स लाइनलाई तनाव उत्पन्न गराउनेछ । 

    el.jpg