शुक्रबार, भाद्र २६ गते २०८३
images

टि–२० विश्वकप : भारतको जितका लागि चण्डीगढमा हवन पूजा 

एक्सप्रेस पाना
कार्तिक ७, २०७८ आइतबार
  • 300
    SHARES
  • टि–२० विश्वकप : भारतको जितका लागि चण्डीगढमा हवन पूजा 

    एजेन्सी । सन् २०२१ को टि–२० विश्वकप क्रिकेट यूएई र ओमानमा जारी छ। २४ अक्टोबर अर्थात आज साँझ ७ः४५ मा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान खेल्दै छन्। विश्वभरका आमनागरिक उत्सुकतासँग यो खेल पर्खिरहेका छन् । 

    images

    भारत र पाकिस्तानबीचको खेल क्रिकेट म्याच मात्र नभएर दुई देशको प्रतिष्ठाको विषय समेत बन्ने गरेको छ । यहीँ कारण समर्थकहरूले भारतीय टीमको जीतको लागि चण्डीगढमा हवन पूजा गरेका छन् । समर्थकहरूले आइतबार दिउँसो भारतीय टोलीको जीतको कामन गर्दै चण्डीगढस्थित सेक्टर–३० को शीव मन्दिरमा हवन पूजा गरेका हुन्। 

    हवनमा वृद्धवृद्धासँगै बालबालिका समेत सहभागी छन् । यस क्रममा बालबालिकाहरूले हातमा भारतीय खेलाडीहरूको पोस्टर बोकेका थिए । भारतीय टोलीको जीतका लागि यो हवन गरेको स्थानीय यादवेन्द्र मेहताले बताए । उनले भारतीय टोलीको जित निश्चित रहेको दावी पनि गरे । 

    images

    भारत–पाकिस्तानबीतको खेल हेर्न विभिन्न सहरमा ठूला स्क्रिन पनि जडान गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०को कुनै पनि प्रतियोगितामा भारत र पाकिस्तानबीचको खेल आकर्षणको केन्द्र बन्ने गर्छ ।