शुक्रबार, भाद्र २६ गते २०८३
images

१० खेलाडीमा सिमित युनाइटेडको लिभरपुरसँग लज्जास्पद हार

एक्सप्रेस पाना
कार्तिक ८, २०७८ सोमबार
  • 462
    SHARES
  • १० खेलाडीमा सिमित युनाइटेडको लिभरपुरसँग लज्जास्पद हार

    एजेन्सी । लिभरपुरले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडमाथि लिभरपुलले सानदार जित निकालेको छ ।आइतबार युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली युनाइटेड पाहुना टोली लिभरपुरसँग ५-० गोल अन्तरको लज्जास्पद हार ब्यहोर्न बाध्य भएको हो ।  

    images

    लिभरपुरको जितमा मोहम्मद सलाहले ह्याट्रिक गोल गर्दा, नबी केइट र डिअगो जोटाले १/१ गोल गरे ।पहिलो हाफमै ४ गोल गरेको लिभरपुरले दोस्रो हाफमा थप १ गोल गरेको थियो । 

    खेलको ६० औं मिनेटमा युनाइटेड १० खेलाडीमा सिमित भयो । दोस्रो हाफमा मेसन ग्रीनवुडको स्थानमा प्रवेश गरेका पल पोग्बा रातो कार्ड खाँदै बाहिरिएका थिए । लिभरपुलका नाबी केइटालाई डरलाग्दो फल गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै कार्ड दिए । केइटाले भने स्ट्रेचरमा मैदान छोड्नुपरेको थियो ।

    images

    उक्त जितसँगै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिको छ । उसको ९ खेलबाट २१ अंक जोडेको छ । यता पराजित युनाइटेड भने समान खेलबाट १४ अंकसहित सातौं स्थानमा झरेको छ । शीर्षस्थानको चेल्सीको २२ अंक छ ।