एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) मार्सेलीसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा पाहुन टोली पिएसजी मार्सेलीलसँग गोलरहित बराबरी खेल्दै ११ अङ्क बाँडेका हुन् ।
मार्सेलीको घरेलु मैदानमा भएको खेलमा निर्धारित समय दुवै टोलीले गोल गर्न सकेनन् । दुवै टोलीले एक–एक गोल गरेको भएपनि रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । खेलको १४औं मिनेटमा पिएसजीले गोल गरेको भएपनि नेयमार अफसाइड भएको भन्दै रेफ्रीले भिएआरको सहायतामा उक्त गोललाई मान्यता दिएनन् ।
खेलको २०औं मिनेटमा मार्सेलीले पनि गोल गरेको थियो तर रेफ्रीले पुनः भिएआरको सहायतामा सो गोललाई मान्यता दिएनन् । खेलको ५७औं मिनेटमा अच्राफ हाकिमीले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित बनेको थियो ।
उक्त बराबरीसँगै शीर्ष स्थानको पिएसजीले ११ खेलमा २८ अङ्क जोडेको छ । जारी सिजन पिएसजीको यो पहिलो बराबरी हो । यता घरेलु टोली मार्सेली १८ अङ्कका साथ चौथो स्थानमा छ ।


