शुक्रबार, भाद्र २६ गते २०८३
images

युभेन्टसले इन्टरलाई उसैको मैदानमा बराबरीमा रोक्यो

एक्सप्रेस पाना
कार्तिक ८, २०७८ सोमबार
  • 422
    SHARES
  • युभेन्टसले इन्टरलाई उसैको मैदानमा बराबरीमा रोक्यो

    एजेन्सी । इटालियन सिरी ‘ए’मा युभेन्टसले साविक विजेता इन्टर मिलानलाई उसैको मैदानमा बराबरीमा रोकेको छ । आइतबार राति सान सिरनेमा भएको खेलमा घरेलु टोली इन्टर र पाहुना टोली युभेन्टसले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । 

    images

    इन्टरका लागि इडिन जेको तथा युभेन्टसका लागि पाउलो डेबालाले गोल गरेका थिए । खेलको १७औं मिनेटमा जेकोले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । 

    पहिलो हाफमा १ गोलले पछि परेको युभेन्टसले खेलको ८९औं मिनेटमा पेनाल्टीको मौका पाएको थियो, जसमा डेबालाले गोल गर्दै युभेन्टसलाई बराबरीमा फर्काए । र बाँकी समय थप गोल नहुँदा दुबै टोलीले १/१ अंक बाँडे । 

    images

    उक्त बराबरीसँगै छैटौं स्थानको युभेन्टसले नौ खेलमा १५ अङ्क जोडेको छ । इन्टर भने १८ अङ्कका साथ तेस्रो स्थानमा छ ।