शुक्रबार, भाद्र २६ गते २०८३
images

स्वारेजको दुई गोलमा एथ्लेटिको रियलसँग हारबाट जोगियो

एक्सप्रेस पाना
कार्तिक ८, २०७८ सोमबार
  • 388
    SHARES
  • स्वारेजको दुई गोलमा एथ्लेटिको रियलसँग हारबाट जोगियो

    एजेन्सी । स्पेनिस ला लिगा फुटबमा साविक विजेता एथ्लेटिको मड्रिड रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा एथ्लेटिकोले घरेलु मैदानमा सोसिडाडसँग २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । 

    images

    कुनै समय २-० गोलले पछि परेको घरेलु टोलीर्ला स्टार फवार्ड लुइस स्वारेजले जोगाए । खेलको सातौं मिनेटमा एलेक्जेन्डर सर्लथले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ४८औं मिनेटमा एलेक्जेन्डर इसकले गोल गरेपछि सोसिडाडले आफ्नो अग्रता दोब्बर बनाएको थियो । 

    तर दोस्रो हाफको खेलको ६१औं मिनेटमा स्वारेजले गोल गरेपछि एथ्लेटिको २-१ को अवस्थामा फर्कियो । ७७औं मिनेटमा एथ्लेटिकोले पेनाल्टीको मौका पाएको थियो, जसमा स्वारेजले गोल गर्दै एथ्लेटिकोलाई २-२ गोलको बराबरीमा फर्काए । 

    images

    उक्त बराबरीसँगै सोसिडाडले १० खेलमा २१ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । चौथो स्थानको एथ्लेटिकोले भने नौ खेलमा १८ अङ्क जोडेको छ ।