शुक्रबार, भाद्र २६ गते २०८३
images

भेट्रान्स फुटबल : फर्पिङको जितमा निरोजको ४ गोल

एक्सप्रेस पाना
कार्तिक ८, २०७८ सोमबार
  • 270
    SHARES
  • भेट्रान्स फुटबल : फर्पिङको जितमा निरोजको ४ गोल

    कात्तिक ८ काठमाडौं । फर्पिङ स्पोर्ट्स डेभलपमेन्टले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजय सुरुआत गरेको छ । फर्पिङको जितमा निरोज श्रेष्ठले चार गोल गरेका छन् । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा फर्पिङले फुटबल फेलोसिपलाई ११-० ले हराएको हो  ।

    images

    यस्तै, गणेश लावतीले ३, निरकुमार राईले २ तथा अनिल गुरुङ्ग र सल्यान खड्गीले समान १/१ गोल गरे । फर्पिङका गणेश लावती प्लेअर अफ दी म्याच भए । लिगकप नकआउट प्रणालीमा खेलाइने यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन् । २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउने छन् । 

    एउटा टिममा २० खेलाडी हुनेछन् । जसमा ३५ देखि ४० वर्ष उमेर सम्मका तीन खेलाडी हुनेछन् । बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनु पर्नेछ । खेलको समयावधि ६० मिनेट एक हाफ ३० मिनेटको हुनेछ । खेलमा सात खेलाडी परिवर्तन गर्न पाइने छ । 

    images

    प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्ने छन् ।