आइतबार, भाद्र २८ गते २०८३
images

नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक, टी–२० विश्वकपको ट्रफी नेपालमा

एक्सप्रेस पाना
पौष २२, २०८२ मंगलबार
  • 112
    SHARES
  • नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक, टी–२० विश्वकपको ट्रफी नेपालमा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ।

    images

    सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा जर्सी सार्वजनिक गरिएको हो । उक्त जर्सी महिला टोलीले आउँदो हप्ता सुरु हुने महिला टी–२० विश्वकप छनोट र पुरुष टोलीले भारतमा हुने आगामी विश्वकपमा लगाउनेछ।

    जर्सीको मूल्य खेलाडीका लागि ३,३९९, कपी जर्सी १,५९९ र फ्यान जर्सी ७९९ रुपैयाँ तोकिएको छ।

    images

    612334662_1338066258349751_548898917250266130_n.jpg

    यसैबीच, आईसीसी टी–२० विश्वकप २०२६ को ट्रफी पहिलो पटक नेपाल आइपुगेको छ। ट्रफी टुरअन्तर्गत आज पोखरामा फोटोशूट, वसन्तपुरमा ट्रफी प्रदर्शनी र भोलि बौद्धनाथ स्तूप परिसरमा प्रदर्शन गरिने क्यानले जनाएको छ।

    photo-10_42ce50d5.jpg

    फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा सुरु हुने टी–२० विश्वकपमा २० टोली सहभागी हुनेछन्। नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेशसँग प्रतिस्पर्धा हुनेछ। फाइनल खेल मार्च ८ मा हुनेछ।

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप
  • # ट्रफी
  • # नेपाल क्रिकेट
  • # जर्सी