शुक्रबार, भाद्र २६ गते २०८३
images

इरानविरुद्धको खेलका लागि नेपालको सुरुवाती - ११ सार्वजनिक

एक्सप्रेस पाना
कार्तिक ८, २०७८ सोमबार
  • 311
    SHARES
  • इरानविरुद्धको खेलका लागि नेपालको सुरुवाती - ११ सार्वजनिक

    कात्तिक ८ काठमाडौं । एएफसी यू -२३ एसियन कप छनोटको पहिलो खेल अन्तर्गत इरानविरुद्धको खेलका लागि नेपालको सुरुवाती - ११ सार्वजनिक भएको छ ।

    images

    मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अर्पण कार्कीको कप्तानीमा नेपालको सुरुवाती-११ सार्वजनिक गरेका हुन् ।

    ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले एशियन कप छनौटको समूह बी अन्तर्गत पहिलो खेलमा आफूभन्दा निक्कै बलियो टोली इरानसँग खेल्न लागेको हो । यी दुईबिचको खेल नेपाली समयानुसार साँझ ४:४५ बजेबाट शुरु हुनेछ ।

    images

    नेपालको सुरुवाती - ११

    अर्पण कार्की, सुमन अर्याल, अभिशेक लिम्बु, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, रोशन महारी, आयुष घलान, सेसेहाङ आङदाम्बे, एरिक विष्ट, मनिष डाँगी र अभिशेख रिजाल