काठमाडौँ । नेपाल आयल निगमले इन्धनको खुद्रा मूल्य घटाएको छ।
निगमका अनुसार बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको हो।
निगमले भारतबाट आयात हुने पेट्रोल प्रतिलिटर करिब ३.९२ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १.३७ रुपैयाँ सस्तो भएर आएको जानकारी दिएको छ। सोही आधारमा उपभोक्ता मूल्य समायोजन गरिएको बताइएको छ।
नयाँ मूल्यसूची अनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ।
.jpg)


