शुक्रबार, भाद्र २६ गते २०८३
images

टि-२० विश्वाकप : स्कटल्यान्डमाथि अफगानिस्तानको सानदार जित

एक्सप्रेस पाना
कार्तिक ९, २०७८ मंगलबार
  • 260
    SHARES
  • टि-२० विश्वाकप : स्कटल्यान्डमाथि अफगानिस्तानको सानदार जित

    कात्तिक ८ काठमाडौं । अफगानिस्तानले टि-२० विश्वकपको सुपर-१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेकाे छ सोमबार शारजाहमा भएको खेलमा स्पीनरद्वय मुजिब उर रहमान र राशिद खानकाे उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानले १ सय ३० रनको सानदार जित हासिल गरेको हो  ।

    images

    जितका लागि १ सय ९१ रनको विशाल लक्ष्य पछ्याएको स्कटल्यान्ड १० ओभर २ बलमा ६० रनमै अलआउट भयो । ओपनर जर्ज मुन्सेले २५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान खासै चल्न सकेनन् ।  मुजिबले ५ र राशिदले ४ विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९० रन बनाएकाे थियो । अफगानिस्तानका  नाजिबुल्लाह जद्रानले सर्वाधिक ५९ रन जोडे । स्कटल्यान्डका लागि सफ्यान सरिफले २ विकेट तथा जोश डेभि र मार्क वाटले १-१ विकेट लिए ।

    images

    उक्त जितसँगै अफगानिस्तान समूह २ को शीर्षस्थानमा उक्लिएको छ । यसअघि आइतबार पाकिस्तानले भारतलाई १० विकेटले हराउँदै २ अंक जोडेको थियो । अर्को समूहमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई, अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई र बंगलादेशले वेस्ट इन्डिजलाई पराजित गरेका थिए ।

    मंगलबार पहिलो खेलमा पाैने ४ बजे दक्षिण अफ्रिकाले वेस्ट इन्डिजको सामना गर्नेछ । राति पाैने ८ बजे हुने खेलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्नेछन् ।