शुक्रबार, भाद्र २६ गते २०८३
images

स्कटल्यान्डविरुद्ध सानदार जितपछि राशिद खानले दिए यस्तो भावुक सन्देश

एक्सप्रेस पाना
कार्तिक ९, २०७८ मंगलबार
  • 238
    SHARES
  • स्कटल्यान्डविरुद्ध सानदार जितपछि राशिद खानले दिए यस्तो भावुक सन्देश

    एजेन्सी । जारी सन् २०२१ को टि-२० विश्वकप क्रिकेटमा सोमबार भएको खेलमा अफगानिस्तानले स्कटल्यान्डविरुद्ध सानदार जित हात पारेपछि अफगानिस्तानका राशिद खानले भावुक सन्देश दिएका छन्। उनले यो सानदार जितले अफगानिस्तानका जनताको अनुहारमा खुसी ल्याएको बताएका हुन्।

    images

    राशिद खानले ट्वीट गर्दै लेखेका छन्, ‘राम्रो सुरूवात सबैलाई बधाई छ। र, विशेष गरी अफगानिस्तानको झन्डा स्वदेश फर्केका मानिसहरूलाई। मलाई आशा छ यो जितले तपाईलाई मुस्कान र उत्सव मनाउने कुरा दिएको छ।  हामी सबैभन्दा राम्रो गर्नेछौं र देश र राष्ट्रलाई अझ गर्व गर्नेछौं। तपाईंको प्रार्थना र समर्थन सधैं अफगानिस्तानको प्रमुख झन्डा हो, अफगानिस्तान जिन्दावाद।’

    सोमबार भएको सुपर १२ अन्तर्गत आफ्नो पहिलो खेलमा स्कटल्यान्डविरुद्ध अफगानिस्तान १ सय ३० रनले विजयी भएको थियो। शारजाहमा अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १०.२ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्र बनाउन सक्यो।

    images

    उसका लागि जर्ज मुन्सेले २५, क्रिस ग्रीभ्सले १२ र कप्तान काइल कोएट्जरले १० रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।अफगानिस्तानका लागि मुजीब उर रहमान र राशिद खानले घातक बलिङ गरे। रहमानले ४ ओभरमा मात्र २० रन खर्चिएर ५ विकेट लिए।

    यस्तै,राशिदले २.२ ओभरमा ९ रन दिएर ४ विकेट लिँदा नवीन उल हकको नाममा एक विकेट रह्यो। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएरन १ सय ९० रन बनाएको थियो।

    उसका लागि नजिबुल्लाह जद्रान र रहमानउल्लाह गुर्बाजले शानदार ब्याटिङ गरे। जद्रानले ३३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५९ रन बनाउँदा गुर्बाजले ३७ बलमा ४ छक्का र १ चौकासहित ४६ रनको योगदान दिए।

    यस्तै, मोहम्मद शहजादले २२, हजरतुल्लाह जाजाईले ४४ र कप्तान मोहम्मद नाबीले नटआउट ११ रन जोडे। बलिङमा सफायान सरिफले २ तथा जोश डेभी र मार्क वाटले १/१ विकेट लिए।