काठमाडौं । नेपालले पहिलो अभ्यास खेलमा यूएईले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।
मंगलबार चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा जारी टी–२० विश्वकपअघिको पहिलो अभ्यास खेलमा यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको हो ।
युएईका लागि सोहैब खानले सर्बाधिक ३६ रन बनाए ।
नेपाली बलर करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए । ।


